कबिराज भट्ट

अहो प्यार धेरै गरेछौ चरामा 

बसालेर नानाथरि पिंजरामा 


तिमि को कहाँ के भनि कोहि नसोध्नु 

कथा लेख्छु साथि कुटोले गह्रामा 


जुवामा हलोमा अनौठो छ जादु 

गजल फल्दछन् ति कुना कन्दरामा 


म भेट्दैन छायाँ कतै बैतडीको 

न यो राजधानी न त्यो पोखरामा 


 ~ कबिराज भट्ट बिलौना ~

Kabiraj Bhatta Bilauna