डा. कृष्णहरि बराल

भन्न त भन्दछन् जमाना खराब छ

मान्छेहरूको आफ्नै चाहना खराब छ


तिर हुन् कि हुन् ति बृष्टि यो छातीमा गढ्दछन्

देख्दै छु आँखाहरू कै निशाना खराब छ


बाहिर हेर्दा एउटा भित्र छ अर्कै रूप

बुझ्नै छ गार्होट गार्होक बहाना खराब छ

***

कति बोलेर पछुताउँछन्, म नबोलेर पछुताएँ

खोल्नै पर्ने मनका कुरा नखोलेर पछुताएँ


भन्छन् चोर्नु हुन्न केही एउटा मन सिवाय

चोर्न मिल्ने मन पनि नचोरेर पछुताएँ


आइरहन्छ याद बनी सुन्दर मुहार उनकै

एउटा पत्र उनको नाउँमा नकोरेर पछुताएँ

***

कृष्ण हरी बराल (Dr. Krishna Hari Baral)