यहि बाटो कान्तिपुर जान्छ बबरमहल जान्छ!
ओहो! म चढेको बस पो विमानस्थल जान्छ!
तपाईंको पो पजेरो हुइकिएला सडक बने,
मेरो त घरको आँगन जान्छ ओखल जान्छ!
चौका फ्याँकेर छक्का हान्ने दाउ खेर गयो,
उसको हातको पत्तीमा सधैं नहल दल जान्छ!
बाउको गरिबी बिचरा छोरोलाई के थाहा,
बच्चा न हो उठ्ने बित्तिकै पसल जान्छ!
~ एस डी कृष्ण शर्मा ~
SD Krishna Sharma