ताज न हो एकछिन मात्र शिरमा सजिने भनेको
मान्छेको प्रेम हो मान्छेले बर्षौं सम्झिने भनेको
कहिपय व्यवहार नाटकीय पनि हुन सक्छन
यहाँ मन र विचारले हो मान्छे तौलने भनेको
जमिन बिर्सिनेहरुलाई गएर यो शेर सुनाई दिनु
भकारी भरि भएर हो अनाज पोखिने भनेको
बरु खाली खुट्टाहरु अलि होसियारले हिन्छन्
जुत्ता न हो किरा र फट्यांग्रा कुल्चिने भनेको
यति धेरै दुखि पनि नहुनु कि आँखा संधै भिजिरहुन
भिजेको समान न हो यहाँ बढी कुहिने भनेको
असिम सागर (Asim Sagar)
फत्तेमान श्रेष्ठ (Fatteman Shrestha)