ललिजन रावल

भैगो छाड तिम्रा कुरा नाना भाँती 

झुटो बोल्नु भन्दा नबोलेकै जाती 

बेग्ला बेग्लै बाटा कति बने कति 

एक पल्ट हेरौं कमिलाको ताँती  

---

कति दियौ पीडाहरु, मैले गन्न बाँकी थियो 

तिमि भने हिंडी हाल्यौ, केहि भन्न बाँकी थियो 

खानु सम्म खायौँ हिजो, आज अनिकाल पर्दा 

नयाँ बाली लगाउन, बिऊ धन्न बाँकी थियो 

तिमि सम्म पुग्न मैले, नखोजेको कहाँ हो र 

एउटा बाटो भत्के पछि, अर्को खन्न बाँकी थियो 

---

एउटा परदेशी आई सोध्यो मेरो नाउँ

तर चाँडै छोडी गयो यो रमाइलो गाउँ

एउटा चिठी उसैलाई पठाउनु थियो

भनिदेऊ जूनतारा कुन हो उसको गाउँ ?

उसकै छेउ उडी पुग्न मन लाग्छ तर

प्वाँखबिना उडी त्यसै कसरी म जाऊँ


~ ललिजन रावल ~

Lalijan Rawal